सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद बैठक बहिष्कार गरे
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन माग गरेका थिए।