चीनले कर्णालीको चुत्रो र गुर्जो प्रशोधन गरी निर्यात गर्ने
सुर्खेतमा स्थापना भएको चिनियाँ कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालिले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट संकलित चुत्रो र गुर्जो प्रशोधन गरी चीन निर्यात गर्न थालेको छ। कम्पनीले किसानबाट प्रतिकिलो चुत्रोको डाँठजरा ५५ रुपैयाँ र गुर्जो २५ रुपैयाँमा खरिद गरिरहेको छ। यसबाट स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत सिर्जना भएको छ।