कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्यो
नेपाली कांग्रेसको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गरेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदीय दलको कार्यसमितिमा रिक्त पदपूर्ति र विषयगत समितिको जिम्मेवारीबारे पनि छलफल भएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।