सुर्खेतमा टिपरको ठक्करबाट पैदलयात्री कमल वलीको मृत्यु, चालक नियन्त्रणमा
सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका २३ वर्षीय पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ। भेरीगंगा नगरपालिका-२, सुर्खेतका वलीलाई बुधबार राति टिपरले ठक्कर दिएको थियो। प्रहरीले टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१०, सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।