मुस्ताङमा विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरियो, जगद्गुरु शंकराचार्यद्वारा समुद्घाटन
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा २२ फिट अग्लो विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजले धार्मिक विधिपूर्वक यस विशाल शालिग्रामको समुद्घाटन गरेका हुन्। यसबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।