साहित्य

डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण अमेरिकामा सार्वजनिक
डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण अमेरिकामा सार्वजनिक

अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका क्रममा लेखक डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा सहभागी अतिथिहरू, साहित्यानुरागी र स्थानीयवासीको उपस्थितिमा उपन्यासको आवरण अनावरण गरिएको हो।

3 समाचार · 2 घण्टा अघि
अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो

अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित यस सम्मेलनमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन, युवा लेखकलाई प्रोत्साहन र लेखन प्रशिक्षण सञ्चालन जस्ता बुँदाहरू समेटिएका छन्। सम्मेलनमा ९ जना महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरियो।

20 समाचार · 3 घण्टा अघि
साहित्यकार शान्ति निहारिकाले ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरिन् साहित्यकार शान्ति निहारिकाले ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरिन्

साहित्यकार शान्ति निहारिकाले आफ्नो दोस्रो साहित्यिक कृति ‘पृथुला’ कविता सङ्ग्रह छोरा यसन खड्काको जन्मदिनको अवसरमा सार्वजनिक गरेकी छन्। यसअघि उनले उपन्यास ‘चट्याङको मूच्र्छना’ प्रकाशन गरिसकेकी छन्। दियालो साहित्य सरगमले आयोजना गरेको कार्यक्रममा प्रा.डा. देवी नेपाल लगायतका साहित्यकारहरूको उपस्थिति थियो।

3 समाचार · 11 घण्टा अघि
‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने

एनसेल फाउन्डेसनको सहकार्यमा ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। यस आठदिने अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल र विश्वभरका प्रतिष्ठित साहित्यकार, कवि, उपन्यासकार, अनुवादक, चलचित्रकर्मी, पत्रकार र उदाउँदा लेखकहरूको सहभागिता रहनेछ। महोत्सव नेपाली साहित्यमा गुरु प्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित गरिएको छ।

24 समाचार · 11 घण्टा अघि
चिरञ्जीवी दाहालको 'मुमूर्षा' आत्मसंस्मरण नेपाली साहित्यमा मार्मिक कृति चिरञ्जीवी दाहालको 'मुमूर्षा' आत्मसंस्मरण नेपाली साहित्यमा मार्मिक कृति

चिरञ्जीवी दाहालको 'मुमूर्षा' नेपाली आत्मसंस्मरण साहित्यको एक मार्मिक र प्रभावशाली कृति हो, जसले जीवनका कठोर यथार्थ, पीडा, संघर्ष र जिजीविषालाई गहन संवेदनासहित अभिव्यक्त गर्दछ। यो कृति रोग, दुःख र संघर्षको वृत्तान्त मात्र नभई जीवन र मृत्युबीचको संवाद हो, जसले आशाले बाँच्ने मानिसको दर्शनलाई उजागर गर्दछ। दाहालले आफ्नो पीडालाई करुण विलाप नबनाई मानव अस्तित्वको वास्तविक अनुहार देखाउने खुला पाठशाला बनाएका छन्।

3 समाचार · 15 घण्टा अघि
चौथो ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ जेठ २३ र २४ मा आयोजना हुने चौथो ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ जेठ २३ र २४ मा आयोजना हुने

चौथो संस्करणको ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ जेठ २३ र २४ गते आयोजना हुने भएको छ। ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषयक यस दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ र बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिएकी छन्। महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विषयमा छलफल गरिनेछ।

6 समाचार · 16 घण्टा अघि
शरद गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ दाङमा विमोचन शरद गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ दाङमा विमोचन

दाङको घोराहीमा साहित्यकार शरद गौतमद्वारा रचित मुक्तक सङ्ग्रह ‘भावनाका लहर’को विमोचन गरिएको छ। राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा पत्रकार महासङ्घ दाङको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैया प्रमुख अतिथि थिए। समीक्षक डा. हिमलाल पन्थीले कृतिले समसामयिक समाजको यथार्थ, सामाजिक विकृति र पारिवारिक विखण्डनले निम्त्याएको मानसिक तनावलाई मार्मिक ढङ्गले उजागर गरेको बताए।

6 समाचार · 16 घण्टा अघि

व्यक्ति र संस्थाहरू