सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्‍यो
taksarnews.com · 1 दिन अघि

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल–चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको छ । आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु. ३६६० प्रति क्वीन्टल र मध्यम धानको रु. ३८६० प्रतिक्वीन्टल तोक्ने निर्णय भएको छ । नेपाल नागरिक उडडयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू