संघीय संसद्का दुवै सदनमा विधेयक टेबुल र आर्थिक सर्वेक्षण पेश हुने
संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बुधबार छुट्टाछुट्टै बस्दैछन्। बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्नेछन्। यसका साथै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।