यस्तो छ नेपाली चलचित्रको कमाइ
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
चलचित्र विकास बोर्डले ‘सिनेपा २ बक्स अफिस’ मार्फत प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ले रु चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ भने स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ ले रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ कमाएको छ । यसैगरी, ‘मालती मङगले’ ले रु ५१ लाख ६३ हजार ५९३, ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६, ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ र ‘लाइफ ड्यामेज’ ले रु २८ लाख ४६ हजार १७० व्यापार गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›