गणतन्त्रको मर्म र नेपाली रूपान्तरण : व्यवस्था कि नियतको कसी ?
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
गणतन्त्र भनेको केवल राजाको अनुपस्थिति वा एउटा कुलमा जन्मेकै आधारमा राज्यको सर्वोच्च पदमा पुग्ने प्रथाको अन्त्य मात्र नभई राज्यको सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रूपमा जनतामा निहित हुने प्रणाली हो । वि.सं. २०६५ जेठ १५ गते नेपाली इतिहासमा एउटा युगान्तकारी दिन थियो, जसले शताब्दीऔं पुरानो शाहवंशीय राजतन्त्रलाई स–सम्मान बिदाइ गर्दै निर्वाचित संविधान सभाको पहिलो बैठकमार्फत नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । गणतन्त्रको मूल मर्म भनेको ‘भूपति’ (राजा) को स्थानमा ‘नागरिक’ लाई स्थापित गर्नु र राष्ट्रको सर्वोच्च पद (राष्ट्रपति) मा क सामान्य नागरिकको छोरा वा छोरी पुग्नसक्ने ढोका खोल्नु हो । यस व्यवथाले जन्मसिद्ध श्रेष्ठताको सामन्ती मान्यतालाई भत्काउँदै योग्यता, विधिको शासन र नागरिक सर्वोचतालाई आत्मसात गर्दछ, जहाँ जनता नै आफ्ना शासक र भाग्यविधाता स्वयं हुन् । नेपालमा गणतन्त्रको आगमनले देशको समग्र शासकीय स्वरूप र नागरिकको चेतनामा ठूलो परिवर्तन ल्याएको छ । हिजो रैतीका रूपमा रहेका नेपालीहरू आज पूर्ण नागरिकमा रूपान्तरित भएका छन्, जसले राज्यलाई प्रश्न गर्ने र आफ्नो हकदाबी गर्ने सामथ्र्य राख्दछ । यद्यपि, गणतन्त्र सपनाको डेढ दशक बितिसक्दा पनि आम जनताको दैनिक जीवनमा गुणात्मक सुधार आउन नसक्दा व्यवस्थामाथि नै प्रश्नहरू उठ्न थालेका छन् । त्यसैले, गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा हामीले केवल उत्सव मनाएर मात्र पुग्दैन, बल्कि यो व्यवस्थाले परिकल्पना गरेको समतामूलक समाज, सुशासन र आर्थिक समृद्धिको लक्ष्य कहाँ पुग्यो भनी निर्मम समीक्षा गर्न जरुरी छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›