नेपालमा ईभीको मोटर क्षमता परीक्षण गर्ने स्पष्ट मापदण्ड नहुँदा अन्योल बढ्यो: नाइमा
▸ यस स्टोरीको अंश: विद्युतीय सवारी साधनको मोटर क्षमताबारे स्पष्ट मापदण्ड बनाउन नाइमाको सरकारसँग मागनेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता परीक्षण र प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड नहुँदा बजारमा अन्योल सिर्जना भएको बताएको छ । ईभीको प्राविधिक मूल्याङ्कनका लागि आवश्यक संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएको औंल्याउँदै नाइमाले केवल वेबसाइटमा देखिएका विवरणका आधारमा मात्र मोटर क्षमताको निष्कर्ष निकाल्नु प्राविधिक रूपमा त्रुटिपूर्ण हुने स्पष्ट पारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›