वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बलराम खतिवडाद्वारा ‘सनसेट ल’ र विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशको माग

यस स्टोरीको अंश: इप्पान भन्छ: ३० हजार मेगावाट विद्युत लक्ष्य भेट्टाउन ‘सनसेट ल’ अनिवार्य
www.dcnepal.com · 23 घण्टा अघि

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्दार बलराम खतिवडाले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने र विद्यमान कानुनी अड्चन फुकाउन ‘सनसेट ल’ ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न आन्तरिक खपत बढाउनुका साथै उद्योगधन्दाको विस्तार र घरायसी प्रयोगमा विद्युतीय उपकरणलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन्। इप्पानको आगामी अधिवेशनमा विधान संशोधन गरेर सबै सदस्यहरूका लागि नेतृत्वको बाटो खुला गर्न खुला प्रतिस्पर्धा हुनुपर्ने उनको अडान छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू