'तिस हजार मेगावाटको लक्ष्य पूरा गर्न 'सनसेट ल' जरुरी'
▸ यस स्टोरीको अंश: इप्पान भन्छ: ३० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य भेट्टाउन ‘सनसेट ल’ अनिवार्य
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि वर्तमान प्रशासनिक र कानुनी उल्झनका कारण त्यो पूरा हुन कठिन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निष्कर्ष छ। लक्ष्य प्राप्तिका लागि विकासका बाधक ऐनहरूलाई निश्चित समयका लागि निष्क्रिय पार्न ‘सनसेट ल’ जरुरी रहेको इप्पानले जनाएको छ। इप्पानका उपमहासचिव प्रकाश दुलालले ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमिसुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौँ ऐनहरू बाधक रहेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›