सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० ले ओरालो लागेको हो। मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य तोलामा एक सय २५ ले ओरालो लागेको छ। मंगलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला चार हजार ९६० निर्धारण गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›