बकर ईदले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्धन गर्छ : झलनाथ खनाल
▸ यस स्टोरीको अंश: मुस्लिम समुदायले देशभर बकर इद हर्षोल्लासका साथ मनाए, सार्वजनिक बिदा
पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । खनालले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । उनले बकर ईद पर्वले आपसी मित्रता, भातृत्व र एकताको भावना अझ बलियो बनाउने उल्लेख गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित