एमालेले नेताहरूको उपचारमा राज्यकोषबाट खर्च भएको रकम ब्याजसहित फिर्ता गर्यो
नेकपा (एमाले) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा राज्यकोषबाट कानुनविपरीत खर्च भएको करिब ३ करोड ६७ लाख रुपैयाँ ब्याजसहित सरकारलाई फिर्ता गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन सुरु गरेपछि कारबाहीबाट बच्न एमालेले पार्टीको कोषबाट उक्त रकम फिर्ता गरेको पाइएको छ।