विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीच एकताले राष्ट्रिय भावना प्रगाढ बनाउने
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने बताएका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध प्रगाढ बनाउनुका साथै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् । यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित