भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु
राजविराज (सप्तरी) । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित