संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने मञ्च हो : सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा गणतन्त्र दिवसको शुभकामना, बजेट प्रस्तुतको तयारी
सभामुख डोलप्रसाद अर्यालले १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन् । लोकतन्त्रको सुदृढीकरणबाट मात्र सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास सम्भव हुने विश्वास व्यक्त गर्दै उनले गणतन्त्र घोषणा नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक अभ्यास, समावेशी शासन प्रणाली र सामाजिक न्यायतर्फको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित