जहाजभित्र कफी पोखिएर घाइते भएकी थापाकाे पक्षमा फैसला
▸ यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ५२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ । उपभोक्ता अदालतले मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४ सय ६ रुपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको छ । करिब तीन वर्षअघि बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते भएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›