विस्थापित सुकुमवासीलाई सरकारको राहत, प्रतिपरिवार २५ हजार
▸ यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक भत्ता दिने
सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त तथा सुकुमवासी बस्तीबाट विस्थापित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहनस्वरूप राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले प्रति परिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। पाँच सदस्यीय परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›