ओलीको निर्वाचन क्षेत्र दमकमा ३३ करोड बढी बेरुजु

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: धरान र इटहरी उपमहानगरपालिकामा ठूलो बेरुजु
pradeskhabar.com · 4 दिन अघि

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा राष्ट्रिय राजनीतिक केन्द्रबिन्दु मानिएको दमक नगरपालिकामा आर्थिक अनुशासन र बजेट कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले दमक नगरपालिकामा ३३ करोड ५६ लाख रुपैयाँभन्दा बढी बेरुजु कायम रहेको देखिएसँगै आर्थिक अनुशासन र बजेट कार्यान्वयनमाथि प्रश्न उठेको हो । झापाका १५ स्थानीय तहमध्ये राजनीतिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले सबैभन्दा बढी चर्चामा रहने दमक नगरपालिकाको वित्तीय व्यवस्थापनमा देखिएका कमजोरीले स्थानीय तहको सुशासनमाथि नै प्रश्न उठाएको छ । महालेखापरीक्षकको प्रतिवेदनले नगरपालिकाको लेखा प्रणाली, बजेट कार्यान्वयन, योजना छनोट, खर्च व्यवस्थापन, आन्तरिक नियन्त्रण, ऋण व्यवस्थापन तथा विकास योजनाको प्रभावकारितामाथि गम्भीर टिप्पणी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू