पोखराको अमरसिंह माविको खेल मैदान अगाडिका व्यवसायिक सटर हटाइयो
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
पोखरा महानगरका अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यवसायिक सटर हटाइएको छ। टिनका टहरा बनाएर सञ्चालन हुँदै आएका व्यवसायहरू पोखरा महानगरपालिकाको समन्वय र अमरसिंह माध्यमिक विद्यालयसँगको सहकार्यमा हटाइएको हो। टहरा हटाइएसँगै पोखराको शहरी सौन्दर्य सुधार अभियानलाई सहयोग पुगेको भन्दै नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूलाई धन्यवाद दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›