इरानी मिडिया भन्छ– आणविक कार्यक्रम त्याग्नेमा कुनै प्रतिबद्धता आएको छैन

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको संकेत: इरानसँग युद्ध अन्त्यको सम्झौता आजै हुन सक्छ
shilapatra.com · 4 दिन अघि

इरानको अर्धसरकारी समाचार एजेन्सी तास्निमले इरानले आणविक कार्यक्रम त्याग्ने कुनै प्रतिबद्धता नदिएको उल्लेख गरेको छ । अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानसँगको समन्वयमा ‘व्यापक प्रगति’ भएको खबर सार्वजनिक भएपछि इरानी अधिकारीको प्रतिक्रिया आएको हो । इरानसँगको समन्वयमा स्ट्रेट अफ हर्मुज खोल्ने कुरामा सहमतिनजिक पुगेको धेरैले अनुमान लगाएका छन् । तर, आणविक कार्यक्रममा भने कुनै प्रतिबद्धता नआएको इरानी पक्षले बताएको बेलायती विश्व समाचार च्यानल बीबीसीले उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू