देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ : मन्त्री चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
www.globalaawaj.com · 8 घण्टा अघि

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हाल देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी छन् । चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको उनले बताइन् । मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या तथा मूल्यमा उच्च वृद्धि भएको उल्लेख गर्दै उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकेको र त्यसलाई ल्याउन पहल गरिरहेको बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू