कर्णालीका करिब १७ लाख नागरिकको विपद् बिमा
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा करिब १७ लाख नागरिकका लागि विपद् बिमा सम्झौता नवीकरण
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न यहाँका करिब १७ लाख नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बिमा सम्झौता गरिएको हो । सम्झौतामा मुख्यमन्त्री कार्यालयका तर्फबाट उपसचिव उत्तम गौतम र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट सह–व्यवस्थापक डम्बरदेव अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›