रामेछापमा आयुर्वेदिक उपचार प्रतिको आकर्षण : एकीकृत स्वास्थ्य शिविरमा पनि आयुर्वेदिक उपचार पहिलो रोजाइमा
▸ यस स्टोरीको अंश: रामेछापमा आयुर्वेदिक उपचारप्रति नागरिक आकर्षण बढ्यो, स्वास्थ्य शिविरमा पहिलो रोजाइ
रामेछापमा आयुर्वेदिक उपचार प्रति नागरिकहरूको आकर्षण ह्वात्तै बढेको छ । जिल्लाका गाउँ गाउँमा सञ्चालन हुने विशेषज्ञ शिविरमा पनि सबैभन्दा बढीले आयुर्वेदिक उपचार सेवा लिएको पाइएको छ। वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाको बाम्ती र प्रीतिमा सञ्चालन गरेको एकीकृत जनस्वास्थ्य शिविरमा सबैभन्दा बढी सेवाग्राहीले आयुर्वेदिक सेवा लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›