क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न प्रदेशगत जिम्मेवारी तोक्यो
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा सोमबार (११ जेठ) बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सबै सङ्गठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले डा. डिला सङ्ग्रौलालाई कोशी प्रदेश, बहादुरसिंह लामालाई बागमती, उदयशम्शेर राणालाई सुदूरपश्चिम, मुक्ताकुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमरसिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›