सप्तरीमा १४१ किलो गाँजासहित दुई पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ, १४१ किलो गाँजा बरामद
सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरबाट प्रहरीले १४१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन्। प्रहरी चौकी विसनपुरबाट खटिएको टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यान जाँच गर्दा फल्स बटम बनाएर लुकाइएको १४ पोका गाँजा फेला पारेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित