४ सांसदमाथि आक्रोश पोखिएको कलैया बैठकबारे रास्वपाको प्रष्टीकरण
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले बाराको कलैयामा आयोजित पार्टीको बैठकमा कुनै ठुलो अप्रिय घटना नभएको र सामान्य विवादलाई मात्र अतिरञ्जित गरिएको स्पष्ट पारेका छन्। शनिबार कलैयामा आयोजित रास्वपाको बैठकमा पार्टीका केन्द्रीय सांसदहरूमाथि कार्यकर्ताले आक्रोश पोखेको र उनीहरूलाई लखेटिएको भन्ने खबर बाहिरिएपछि सांसद अन्सारीको यस्तो स्पष्टीकरण आएको हो। सांसद अन्सारीका अनुसार पार्टीको केन्द्रीय समितिको परिपत्र (सर्कुलर) बमोजिम जिल्ला अधिवेशनका लागि सुझाव सङ्कलन गर्न केन्द्रबाट टोली त्यहाँ पुगेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›