बारामा रास्वपाको बैठकमा लफडाः सांसदहरूलाई आफ्नै कार्यकर्ताले गरे दुर्व्यवहार
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ । जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा लफडा भएको हो । प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित