नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वाेच्चकाे आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियोसर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतले पाण्डेलाई मुलुक बाहिर जानुपर्ने अवस्था आए अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । अदालतले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था तत्काल नदेखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›