पोस्टरमै खुल्यो ‘गौँथली’को कथा
▸ यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक: ग्रामीण संघर्ष र सपनाको कथाचलचित्र ‘गौँथली’को सार्वजनिक भएका दुई पोस्टरले ग्रामीण परिवेश, गरिबी, संघर्ष र अधुरो सपनाको कथा संकेत गरेका छन् । पहिलो पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन्, जसले पात्रको शारीरिक रूप वा संघर्षपूर्ण जीवनलाई संकेत गर्छ । दोस्रो पोस्टरमा सिम्रन एक्लै स्याउला बोकेर हिँडिरहेकी छन् तर सँगै किताब पनि पढ्दैछिन्, जसले विवाहपछि पनि पढाइको सपना नछोडेकी युवतीको संघर्षलाई चित्रण गरेको बुझिन्छ । डा. कपिल रिजाल निर्देशित चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›