सशस्त्रद्वारा ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोटसहित तीन जना पक्राउ

यस स्टोरीको अंश: मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन इलेक्ट्रिक भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
www.lokpath.com · 1 हप्ता अघि

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट जेठ १ गते राति ५ सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू