विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
▸ यस स्टोरीको अंश: विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भेप चोरी–पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशङ्कामा दीपेश गदाल र रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसअघि चीनबाट चोरी–पैठारी गरी ल्याइएका विद्युतीय चुरोटसहित अन्य सामान बरामद गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›