बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे उच्चस्तरीय विमर्श
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। कार्यक्रममा बुद्धका उपदेश र जेनेभा महासन्धिको मानवीय मूल्यमान्यताबीचको सम्बन्धबारे वक्ताहरूले विचार व्यक्त गरेका थिए। उक्त कार्यक्रमले नेपाल–स्वीट्जरल्यान्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्ध, बुद्धका शिक्षासँग जेनेभा महासन्धिको अन्तरसम्बन्ध तथा लुम्बिनी र जेनेभाबीचको सम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›