सरकार व्यक्तिको शासनतर्फ उन्मुख भएकाे कांग्रेस नेता महरकाे आराेप
▸ यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत रहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको टिप्पणी गरे। महरले राज्य संयन्त्र प्रतिशोध साध्ने माध्यम बन्न थाल्यो भने त्यो विधिको शासन नभई व्यक्तिको शासनतर्फको खतरनाक संकेत हुने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित