एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु, ७ खर्ब ५५ अर्ब पुग्यो
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: १४ अर्ब ६३ करोड बेरुजु असुल, प्रदेशगत तुलनामा मधेश अगाडिमहालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१-८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको जनाएको छ । कुल बेरुजुमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख र समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रहेको छ । अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›