सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिककाे सङ्ख्या २८ लाख नाघ्यो
▸ यस स्टोरीको अंश: सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको सङ्ख्या २८ लाख नाघ्यो, कोषमा १ खर्ब ४ अर्ब सङ्कलन
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको सङ्ख्या २८ लाख ५१ हजार ३ सय ८२ पुगेको छ। औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारीमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९ सय ४ तथा स्वरोजगार क्षेत्रका ८ सय ३२ श्रमिक कोषमा आबद्ध भएका छन्। चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित