गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
gorkhapatraonline.com · 19 घण्टा अघि

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको सुदृढीकरण र जनस्तरसम्म परिवर्तनको आभास दिलाउनुको विकल्प नभएको बताएका छन्। प्रदेश सरकारले नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी काम गर्न लागिपरेको जनाउँदै उनले गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई विकसित राष्ट्रका रूपमा अघि बढाउनु रहेको बताए। गण्डकी प्रदेश सभा सदस्य कुसुम बुढा पुन, बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, गाउँपालिका महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझा, नागरिक समाज मुस्ताङका अध्यक्ष चन्द्रबहादुर थकाली, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की लगायतले गणतन्त्रलाई सुदृढ गर्न सुशासन, पारदर्शिता, नैतिकता र जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू