सुशासन र शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैनः राष्ट्रपति

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
www.makalukhabar.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको बताए । उनले गणतन्त्रको सार्थकता स्थापित गर्न राजनीति, शासकीय शैली र जनप्रतिनिधिमूलक संस्थालाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलाइ गर्न नहुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू