सुशासन र समृद्धिका लागि राजनीतिक निष्ठा र आचरणमा परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनु भयो । मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै उहाँले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित