स्वास्थ्य बीमामा दुरुपयोग नियन्त्रण गर्न कडाइका साथ सुधार प्रक्रिया अघि बढाइने

यस स्टोरीको अंश: स्वास्थ्य सचिव देवकोटा भन्छन्: स्वास्थ्य बीमामा अनियमितता र दुरुपयोग रोक्न कडाइ गरिने
prasashan.com · 1 हप्ता अघि

स्वास्थ्य सचिव विकास देवकोटाले स्वास्थ्य बीमा प्रणालीमा देखिएका अनियमितता र दुरुपयोग नियन्त्रणका लागि सरकारले कडाइका साथ सुधार प्रक्रिया अघि बढाइरहेको बताएका छन् । बीमा प्रणालीको गलत प्रयोगका कारण राज्यमा अतिरिक्त आर्थिक भार बढ्दै गएको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न नीतिगत तथा प्रशासनिक सुधार आवश्यक रहेको धारणा राखे । आगामी बजेटमार्फत स्वास्थ्य बिमा प्रणालीको पुनर्संरचना गर्ने तयारी भइरहेको उल्लेख गर्दै उनले आवश्यक सुधार कार्यान्वयन भए कुल खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउन सकिने अनुमान प्रस्तुत गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू