रास्वपा सांसद अन्सारीले जनाए प्रतिक्रिया, भन्छन् - लखेटिएको हैन
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद रहबर अन्सारीले बाराको कलैयामा आयोजित पार्टीको बैठकमा सामान्य विवाद मात्र भएको र आफूहरूलाई ‘लखेटिएको’ भन्ने कुरा पूर्णतः झुटो भएको बताएका छन्। केही मिडियाले नियोजित रूपमा घटनालाई अतिरञ्जित गरेको उनको भनाइ छ। पार्टीबाट निष्कासित केही पूर्वनेता तथा व्यक्तिहरूले होहल्ला र सामान्य विवाद झिक्ने प्रयास गरेको र जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले बैठकमा विवाद झिकेको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›