हिजोका उदण्डहरू अझै केही छन् : श्यामकुमार कटुवाल,सदस्य, नेपाल लघुवित्त बैंकर संघ (ग्रामीण विकास, बुटवल)

यस स्टोरीको अंश: लघुवित्त क्षेत्रमा सुधारका संकेत, ऋण मिनाहाको भ्रम हट्दै
ehimalayatimes.com · 2 दिन अघि

समस्या छ तर सुधारोन्मुख छ । सर्वोच्चको आदेशले पनि केही सहज भएको छ । पछिल्लो रिर्पोर्ट हेर्दा पनि केही सुधार हो कि भन्ने लाग्छ । अहिले पनि हिजो पैसा तिर्न पर्दैन भन्नेहरू त्यस्तै छन् । तर, केही अरूको भनाइमा लागेका फर्कि{एका छन् । सम्पर्कमा आएर तिर्न थालेका छन् । हिजोका उदण्ड भएकाहरू अझै केही छन् । सरकार स्थिर बनेको छ । उदण्ड र अराजकता मच्चाउनेलाई कारबाही भएन भने जुन सरकार भए पनि केही हुँदैन । तर, आर्थिक शिथिलता नै छ । चलायमान भएको छैन । मान्छेले तिर्छु भन्नेले पनि तिर्न सकेको छैन । तिर्नलाई गाह्रै भएको छ । तर, सम्पर्कमा आएका छन् । समय मागेका छन् । अब राष्ट्र बैंकभन्दा पनि सरकारले यो ऋण मिनाह हुँदैन, लगानी गरको छ भने तिर्नुपर्छ भन्ने प्रष्ट पार्नुपर्छ । बिना धितो पैसा दिएको छ । अब राज्यले पैसा लगिसकेपछि तिर्नुपर्छ भन्नुपर्छ । पैसा त्यत्तिकै त दिएको होइन । आवश्यक भनेरै दिएको हो । केही टाठाबाठाले दुरुपयोग गरे । अब यस्तो गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्नुपर्छ । हिजो अफिसमै आएर थर्काउने अवस्था थियो । तर, राज्यले त्यस्तो गतिविधि गर्नेलाई कारबाहीको कठघरामा ल्याइदिने हो भने सहज हुन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू