उद्यमशिलता, स्थानीय तह र लघुत्तिलाई सँगै लिएर जानुपर्छ : शारदाकुमारी खत्री, सदस्य, नेपाल लघुवित्त बैंकर संघ, (उपकार, बाँके)

यस स्टोरीको अंश: लघुवित्त क्षेत्रमा सुधारका संकेत, ऋण मिनाहाको भ्रम हट्दै
ehimalayatimes.com · 1 दिन अघि

अहिले लघुवित्तको अवस्था सुधारोन्मुख देखिन्छ । एउटा त रिकोभरीको समस्या हो । विभिन्न समूहले गर्दा समस्या भएको हो । अर्को कुरा मानिसमा आत्मविश्वासको कमी छ । मानिसहरूले नयाँ बिजनेसका लागि कर्जा लिइरहेको छैन । यो कसरी अगाडि बढ्छ भन्ने अन्यौले व्यापार नभएको हो । रिकोभरी होलास्तो हुन्छ र विभिन्न समूहको सक्रियताले रोकिन्छ । स्थिर सरकारको कारण विगतमा समस्या आएको हो । अब स्थिर सरकार आएको छ । अब आशा छ । अपवाह फैलाउनेलाई कारबाही हुन्छ कि ? यसमा सरकारको तर्फबाट पनि आउन जरुरी छ । अहिले हामीलाई सरकारी र लघुवित्त एउटै हो भन्ने हुन्छ । मिटरब्याजीको रूपमा राखिदिन्छ । यसलाई छुट्याइदिनुपर्छ । सरकार र मिडियाले लघुवित्त भनेको ‘घ’ वर्गको बैंक हो भने प्रष्ट पार्नुपर्छ । अर्को कुरा लघुवित्तले राष्ट्र बैंकबाट दुई/तीन प्रतिशतमा ल्याउँछ र २४/२५ मा दिन्छ भन्ने हल्ला छ । जबकि अहिले हामीले बेसरेटभन्दा कममा लगानी गरिरहेको छ । यो अवस्थामा संस्थालाई बाँच्न समस्या छ । त्यसको पनि रिकोभरी नभइदिँदा समस्या हुन्छ । आशा छ अब सुधार होला । सरकारले उत्पादनसँग जोडिने कार्यक्रम ल्यायो । स्थानीय सरकारसँग जोडेर गयो भने हुन्छ । उद्यमशिलता विकास, स्थानीय तह र लघुत्तिलाई सँगै लिएर गयो भने राम्रो हुन्छ । यसमा सबैको उन्नति हुन्छ । नीतिगत रूपमा सहकारी होइन, यो बैंक हो राष्ट्र बैंकले मनिटर गर्छ भन्ने देखाउनुपर्छ । अर्को ऋण चाहिँ मिनाह हुँदै भनेर सरकारले विश्वास दिलाउनुपर्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू