पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा प्रस्तुत हुने
▸ यस स्टोरीको अंश: गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । यसपालीको पलेँटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›