अखिल नेपाल ट्रेड युनियन महासंघले फिर्ता गर्यो घरसहित चार रोपनी जग्गा
▸ यस स्टोरीको अंश: अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्यो
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको भवनसहित चार रोपनी जग्गा फिर्ता गरेको छ । पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिको सार्वजनिक जग्गा खाली गर्न दिएको ३५ दिने सूचनाको म्याद सकिनु एक दिनअघि महासङ्घले आफूले निर्माण गरेका संरचना बुझाएको हो । महासङ्घले २०६७ मा करिब रु एक करोड ५३ लाख लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी आज उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›