भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चिनीको कालोबजारी हुन नदिन बजार अनुगमन प्रभावकारी बनाइने
▸ यस स्टोरीको अंश: भारतको चिनी निर्यात प्रतिबन्धपछि बजार अनुगमन तीव्र, ८ महिनालाई पुग्ने मौज्दातको दाबीभारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले चिनी अभाव हुन नदिन बजार अनुगमन प्रभावकारी बनाउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गर्दै आमउपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको जनाएको छ। नेपालमा करिब ८ महिनाको माग पूरा गर्ने चिनीको मौज्दात रहेको र बजारमा कृत्रिम अभाव, कालोबजारी, मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित निगरानी गरिने मन्त्रालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›