राष्ट्रियसभाः सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा सांसदहरूको सुकुम्बासी समस्या समाधानको माग
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो । सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित